दफा ४६९
दस्तुर बुझाउनु पर्ने दायित्व

(१) देहायको लिखत पारित गर्दा लाग्ने दस्तुर देहायका व्यक्तिले बुझाउनु पर्नेछ :–
(क) सम्पत्ति हस्तान्तरण वा बन्धकी सम्बन्धी लिखत भए लिखत गरी लिनेले,
(ख) अंशबण्डा, अंश छोडपत्र, मानो छुट्टिएको वा जोडिएको लिखत भए समान हिस्सामा सबै अंशियारले,
(ग) सम्पत्ति सट्टापट्टा सम्बन्धी लिखत भए लिखत लिने दिने दुवैले,
(घ) शेषपछिको बकसपत्र भए दिनेले,
(ङ) घरबहाल भए घरबहालमा दिनेले,
(च) गुठी संस्थापना गरेको लिखत भए संस्थापना गर्नेले,
(छ) अन्य लिखत भए लिने दिने दुवैले ।
(२) उपदफा (१) को खण्ड (ङ) बमोजिमको लिखत पारित गर्दा घरबहाल वापत प्राप्त हुने पहिलो महिनाको बहाल रकमलाई मूल्य मानी दस्तुर निर्धारण हुनेछ ।